पुष्पलाल इन्भेष्टमेन्टले १५ करोडको आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

-



     सफल आवाज    
     असाेज ६ गते २०८३ मा प्रकाशित



काठमाडौं, ६ असाेज। पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पुँजीबाट अंकित मूल्य १०० रुपैयाँ दरका १५ लाख कित्ता अर्थात् १५ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गर्न लागेको हो।

उक्त शेयर निष्कासन तथा बिक्री प्रबन्धकका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यससम्बन्धी सम्झौता पत्रमा पुष्पलाल इन्भेष्टमेन्टका अध्यक्ष लाल प्रसाद सावा लिम्बु र लक्ष्मी सनराइज क्यापिटलका अध्यक्ष राजीव सापकोटाले हस्ताक्षर गरेका छन्।

‘सानो लगानी, ठूलो अवसर, राष्ट्र निर्माणमा’ भन्ने मूल नाराका साथ स्थापना भएको यो कम्पनी नेपालको अर्थतन्त्रमा दिगो वृद्धि र विकासका लागि प्रतिबद्ध लगानी कम्पनी हो। कम्पनीले विशेष गरी ऊर्जा, सूचना तथा प्रविधि (IT), सञ्चार र पर्यटन क्षेत्रका सम्भावित आयोजनाहरूमा रणनीतिक रूपमा लगानी गर्दै आएको छ।

नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड (SEBON) बाट स्वीकृति पाएपछि कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनेछ।