सिटिजन्स बैंकको साधारण सभा असोज २८ मा

-



     सफल आवाज    
     असाेज ७ गते २०८३ मा प्रकाशित



काठमाडौं, ७ असाेज। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न २० औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले असोज २८ गते, बुधबार साधारण सभा बोलाउने निर्णय गरेको हो।

उक्त सभा काठमाडौँको डिल्लीबजारस्थित अमृतभोग, कालिकास्थानमा बिहान ११:०० बजेदेखि सुरु हुने बैंकले जनाएको छ।

सभाका मुख्य एजेण्डा र प्रस्तावहरू

साधारण सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको कुल ४ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्ताव पेस गरिनेछ। जसमा:

  • बोनस शेयर: ३.८ प्रतिशत
  • नगद लाभांश (कर प्रयोजनार्थ): ०.२ प्रतिशत

यसका साथै, सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने, आर्थिक वर्षको लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका सामान्य तथा विशेष प्रस्तावहरू समेत पारित गर्नेछ।

बुकक्लोज र शेयरधनी योग्यता

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १९ गते (एक दिन) बुकक्लोज गर्ने निर्णय गरेको छ।

तसर्थ, नेपाल स्टक एक्सचेन्ज (NEPSE) मा असोज १६ गतेसम्म कारोबार भई कायम रहेका शेयरधनीहरू मात्र बैंकको साधारण सभामा सहभागी हुन र घोषित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।