
पोखरा, ७ असोज । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार अवतरण गरेको फ्लाई दुबईको ऐतिहासिक पहिलो नियमित व्यावसायिक उडानको नेतृत्व नेपाली पाइलट गरेका हुन् । फ्लाई दुबईका नेपाली क्याप्टेन सर्बजीत यादवले जस्ले पाेखराका लागि नियमित पहिलाे उडानकाे नेतृत्व गरेका हुन्।
उसाे त यादवसंग नेपालमै प्रशस्त उडानकाे अनुभव पनि रहिसकेकाे छ । उनले २००८ देखि हवाइ उडानकाे यात्रा शुरू गरेका हुने भने सीता एयर, सिम्रिक एयर र श्री एयरलाइन्समा उडान भरेकाे उनकाे अनुभव रहेकाे छ । यादवले सन् २०२२ मा फ्लाई दुबई सेवा शुरू गरेका थिए ।
सन् २०२५ मा क्याप्टेनकाे पद सम्हालेका थिए । एयरपाेर्टमा अवतरण गरेपछि जन्मभूमिकै नयाँ पाेखरा अन्तरराष्ट्रिय विमानस्थलमा पहिलो नियमित उडान भर्न पाउनु अहाेभाग्य भएकाे बताए ।
दुबई अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको बोइङ ७३७ म्याक्स जहाज पाेखरामा
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान सुरू गरेको छ। उडान तालिकाअनुसार दुबई अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको बोइङ ७३७ म्याक्स जहाज आज साँझ ६:१९ बजे पोखरामा सफलतापूर्वक अवतरण गरेको हो।
११३ जना यात्रु बोकेर आएको उक्त जहाजलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पानीको फोहरा (वाटर क्यानन) ले भव्य स्वागत गरिएको थियो। विमानस्थलमा ओर्लिएका यात्रुहरूलाई स्वागत गर्न पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला लगायत सरकारी अधिकारी तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
विमानस्थलका महाप्रबन्धक निरौलाका अनुसार पोखरा अवतरण गरेको जहाज आजै साँझ ७:१५ बजे १५३ जना यात्रु लिएर पुन: दुबईतर्फ प्रस्थान गर्नेछ। “यसअघि केही वायुसेवा कम्पनीहरूले पोखराबाट अन्तरराष्ट्रिय उडान सुरू गरे पनि ती नियमित हुन सकेका थिएनन्,” निरौलाले भन्नुभयो, “फ्लाई दुबईको यो कदमले पोखराको अन्तरराष्ट्रिय उडानमा नयाँ आशा र विश्वास जगाएको छ।”
पर्यटन प्रवर्द्धन र यात्रुलाई सुविधा
पोखरा–दुबई सीधा उडानले पर्यटकीय राजधानी पोखरालाई विश्वव्यापी हवाई सञ्जालसँग प्रत्यक्ष जोडेको छ। फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक कोडसेयर साझेदारीका कारण अब यात्रुहरूले पोखराबाटै एउटै टिकटमा दुबई हुँदै युरोप, अमेरिका, अष्ट्रेलिया लगायत विश्वका १२० भन्दा बढी गन्तव्यसम्म सहज यात्रा गर्न सक्नेछन्।
यस सेवाले यात्रा अवधि छोटिनुका साथै खर्चसमेत घट्नेछ। वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि जाने नेपाली नागरिकका साथै सीधा पोखरा आउन चाहने विदेशी पर्यटकहरूका लागि यो उडान निकै लाभदायी हुने अपेक्षा गरिएको छ।
छुट र भावी तालिका
सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवाहरूलाई आकर्षित गर्न सरकारले २०८५ भदौ मसान्तसम्म पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिएको छ भने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ।
गत जेठ २५ गते उडान अनुमति पाएको फ्लाई दुबईको जहाज अब दैनिक साँझ ६:१५ बजे पोखरा अवतरण गर्नेछ भने साँझ ७:१५ बजे पोखराबाट दुबईका लागि प्रस्थान गर्ने तालिका रहेको छ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




