
काठमाडौं, ८ असाेज। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा असोज ८ गते, आज बिहीबार दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सले बुकक्लोज गरेसँगै नेप्सेले नयाँ शेयरमूल्य निर्धारण गरेको हो।
नेप्सेका अनुसार सांग्रिला डेभलपमेन्ट बैंकको ४ प्रतिशत र स्नो रिभर्सको १० प्रतिशत बोनस शेयर समायोजन गरिएको छ।
समायोजित मूल्य विवरण:
- सांग्रिला डेभलपमेन्ट बैंक:
- अघिल्लो कारोबार दिन (बुधबार)को अन्तिम मूल्य: रु. ४२८
- बोनस शेयर प्रतिशत: ४%
- नेप्सेद्वारा निर्धारित समायोजित मूल्य: रु. ४११.५४
- स्नो रिभर्स:
- अघिल्लो कारोबार दिन (बुधबार)को अन्तिम मूल्य: रु. ९४५
- बोनस शेयर प्रतिशत: १०%
- नेप्सेद्वारा निर्धारित समायोजित मूल्य: रु. ८५९.०९
नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर यी दुवै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। बिहीबार दोस्रो बजारमा यी कम्पनीहरूको शेयर कारोबार यही समायोजित मूल्यलाई आधार बनाएर खुल्नेछ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




