मितेरी डेभलपमेन्ट बैंकद्वारा ११ प्रतिशत लाभांश घोषणा

-



     सफल आवाज    
     असाेज १२ गते २०८३ मा प्रकाशित



काठमाडाैं, १२ असाेज । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको कुल ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांशको विवरण:

  • बोनस शेयर: ५ प्रतिशत
  • नगद लाभांश (करसहित): ६ प्रतिशत

सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरूमा वितरण गरिनेछ।