सुन तोलामा ५ हजार र चाँदी १४५ रुपैयाँले घट्यो

-



     सफल आवाज    
     असाेज १२ गते २०८३ मा प्रकाशित



काठमाडाैं, १२ असोज । सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ। यस दिन सुन प्रतितोला ५ हजार रुपैयाँ र चाँदी प्रतितोला १४५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात आइतबार सुन प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ५१० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।