कामना सेवा बैंकका महिला कर्मचारीद्वारा रसुवाका बाढी प्रभावितलाई सरसफाई सामाग्री सहयोग

-



     सफल आवाज    
     असाेज १२ गते २०८३ मा प्रकाशित



काठमाडौं, १२ असोज । कामना सेवा विकास बैंक लिमिटेडका महिला कर्मचारीहरूले रसुवामा आएको बाढीबाट प्रभावित भई काठमाडौंस्थित विभिन्न होल्डिङ सेन्टरमा रहेका प्रभावितहरूलाई सरसफाई तथा व्यक्तिगत स्वच्छता सम्बन्धी सामाग्री सहयोग गरेका छन् । उक्त सामाग्री बैंकको मानव संसाधन विभागकी रुबी श्रेष्ठले बैंकको तर्फबाट प्रभावितहरूलाई हस्तान्तरण गरेकी थिइन्।

प्राकृतिक विपद्का कारण विस्थापित तथा प्रभावित परिवारहरूको स्वास्थ्य, सरसफाई तथा व्यक्तिगत स्वच्छता सम्बन्धी तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै बैंकका महिला कर्मचारीहरूको सहभागितामा आवश्यक सरसफाई सामाग्री संकलन गरी सहयोग प्रदान गरिएको हो ।

विपद्को अवस्थामा खाद्यान्न, आवास तथा अन्य राहत सामग्रीसँगै व्यक्तिगत स्वास्थ्य तथा सरसफाइका आधारभूत सामाग्रीको आवश्यकता समेत महत्वपूर्ण हुने भएकाले प्रभावित नागरिकहरूको दैनिक जीवनलाई सहज हुने अभिप्रायका साथ उक्त सहयोग प्रदान गरिएको छ ।