
काठमाडौं, १३ असाेज । एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको ‘एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड’को इकाईका लागि आवेदन दिने आज (असोज १३ गते) अन्तिम दिन रहेको छ। क्यापिटलले असोज ७ गतेदेखि उक्त फण्डको इकाई निष्काशन गरेको थियो।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो। कुल निष्कासित इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकका लागि सुरक्षित गरिएको छ। बाँकी ६ करोड ८० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
उक्त फण्डको इकाईमा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ।
१० वर्ष अवधिको यो योजना एनआईसी एशिया क्यापिटलको छैठौँ बन्दमुखी (Closed-ended) योजना हो। संकलित रकम मुख्यतया धितोपत्रको दोस्रो बजारमा सूचीकृत, भविष्यमा राम्रो प्रतिफल दिन सक्ने र उच्च वृद्धिको सम्भावना भएका कम्पनीहरूमा अध्ययन तथा अनुसन्धान गरेर लगानी गरिने योजना व्यवस्थापकले जनाएको छ।
फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा (ASBA) अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूका साथै ‘मेरो शेयर’को वेब तथा मोबाइल एपमार्फत सजिलै आवेदन दिन सक्नेछन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




