ग्लोबल आइएमई लघुवित्तद्वारा ९.५ प्रतिशत लाभांश घोषणा

-



     सफल आवाज    
     असाेज १३ गते २०८३ मा प्रकाशित



काठमाडौं, १३ असाेज । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ।

संस्थाको सञ्चालक समितिको सोमबार बसेको बैठकले हाल कायम चुक्ता पूँजी ६४ करोड ८२ लाख ९७ हजार ७९७ रुपैयाँ २२ पैसाको कुल ९.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

घोषित लाभांशको विवरण निम्न अनुसार रहेको छ:

  • बोनस शेयर: ६ प्रतिशत (३ करोड ८८ लाख ९७ हजार ८६७ रुपैयाँ ८३ पैसा बराबर)
  • नगद लाभांश: ३.५ प्रतिशत – करसहित (२ करोड २६ लाख ९० हजार ४२२ रुपैयाँ ९० पैसा बराबर)

प्रस्तावित उक्त लाभांश नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ।