नेप्से ९.६२ अंकले घट्याे, ४ अर्ब ६५ करोडकाे काराेबार

-



     सफल आवाज    
     असाेज १३ गते २०८३ मा प्रकाशित



काठमाडौं, १३ असाेज । साताको शेयर काराेबार हुने दोस्रो कारोबारकाे दिन मंगलबार पनि शेयर बजारमा गिरावट भएको छ। अघिल्लो दिन सोमबार पनि घटेर बन्द भएको नेप्से परिसूचकले यसदिन सोही गिरावटको क्रमलाई निरन्तरता दिएको छ।

नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा झरेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स १.०१ अंक, फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंकले घटेका छन्।

कारोबार रकममा पनि गिरावट:

नेप्से परिसूचकसँगै यस दिन कारोबार रकममा समेत गिरावट आएको छ। सोमबार ५ अर्ब ३८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा मंगलबार ३६३ वटा स्टकको ५१ हजार २७४ पटकको कारोबारमा ४ अर्ब ६५ करोड ४८ लाख ७८ हजार रुपैयाँ बराबरको १ करोड १० लाख ६९ हजार कित्ता शेयर किनबेच भएको छ।

कमाउने र गुमाउने कम्पनीहरू:

  • शीर्ष कमाउने: १२ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य सर्वाधिक ९.१८ प्रतिशतले बढेको छ। त्यस्तै, सयपत्री हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी र ७ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०९० को मूल्य करिब साढे ६ प्रतिशतले बढेको छ।
  • शीर्ष गुमाउने: कारोबारमा आएको सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाईमूल्य सर्वाधिक ५.४४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा शीर्ष कम्पनी:

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहन सफल भएको छ, जसको २२ करोड ९९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। दोस्रो स्थानमा रहेको शिवम् सिमेन्ट्सको १७ करोड रुपैयाँभन्दा बढी र सिद्धार्थ बैंकको साढे १६ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

उपसमूहगत अवस्था:

कारोबारमा आएका १३ उपसमूहमध्ये २ वटा उपसमूहको परिसूचक बढेको छ भने ११ वटा उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचकमा सामान्य वृद्धि देखिएको छ भने व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशतले घटेको छ।