
काठमाडौं, १५ असाेज। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार र इण्डियन आयल कर्पोरेसन बाट मूल्य बढेर आए तापनि पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।
निगम सञ्चालक समितिको असोज १४ गतेको निर्णयानुसार असोज १५ गते बिहानदेखि लागू हुने गरी मूल्य यथावत् राखिएको हो।
इण्डियन आयल कर्पोरेसनबाट असोज १४ गते प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर रु. २०.४४, डिजेलमा रु. २०.२१, मट्टितेलमा रु. १५.९६, हवाई इन्धनमा रु. १८.६६ र एल.पि. ग्यासमा प्रति सिलिण्डर रु. ८१.३२ ले मूल्य बढेर आएको थियो। तर, भोटेकोशीमा आएको बाढीपहिरो, नजिकिँदै गरेका चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी खुद्रा मूल्य नबढाउने निर्णय गरिएको निगमले जनाएको छ।
बिक्री मूल्य यथावत् राख्दा निगमलाई पाक्षिक रूपमा करिब रु. ३ अर्ब २० करोड ३८ लाख घाटा हुने अनुमान गरिएको छ।
कायम गरिएको खुद्रा बिक्री मूल्य सूची:
- पेट्रोल:
- पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज): रु. १९७.५० प्रति लिटर
- दोस्रो वर्ग (सुर्खेत र दाङ): रु. १९९.०० प्रति लिटर
- तेस्रो वर्ग (काठमाडौँ, पोखरा र दिपायल): रु. २००.०० प्रति लिटर
- डिजेल/मट्टितेल:
- पहिलो वर्ग: रु. १९७.५० प्रति लिटर
- दोस्रो वर्ग: रु. १९९.०० प्रति लिटर
- तेस्रो वर्ग: रु. २००.०० प्रति लिटर
- हवाई इन्धन (आन्तरिक): रु. २४९.०० प्रति लिटर
- हवाई इन्धन (अन्तर्राष्ट्रिय): काठमाडौँतर्फ अमेरिकी डलर १६९७ प्रति किलोलिटर (पोखरा र भैरहवाका लागि ब्रेकइभेन पोइन्टमा मूल्य निर्धारण गरिएको छ)
- एल.पि. ग्यास: रु. २०६०.०० प्रति सिलिण्डर (१४.२ के.जी.)








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




