यी ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     असाेज १६ गते २०८३ मा प्रकाशित



काठमाडौं, १६ असाेज। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चार वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज (असोज १६ गते, शुक्रबार) अन्तिम दिन रहेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरले आगामी सोमबार (असोज १९ गते) बुकक्लोज गर्दैछन्।

शनिबार र आइतबार शेयर बजार बन्द रहने भएकाले आज असोज १६ गते शुक्रबारसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीहरूले मात्र यी कम्पनीहरूको आगामी साधारण सभामा सहभागिता जनाउन तथा घोषित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

असोज १९ गते बुकक्लोज भएसँगै यी कम्पनीहरूको शेयरमूल्य समायोजन हुनेछ भने सो दिनपछि शेयर खरीद गर्ने लगानीकर्ताले कम्पनीले वितरण गर्ने लाभांश पाउने छैनन्। आगामी साधारण सभाबाट पारित भएपश्चात् शेयरधनीहरूलाई तोकिएको लाभांश वितरण गरिनेछ।