
काठमाडौं, १६ असाेज। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। अघिल्लो कारोबार दिन बिहीबार करिब स्थिर रहेको सेयर बजार शुक्रबार भने घटेर बन्द भएको हो।
यस दिन नेप्से परिसूचक ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा झरेको छ। नेप्सेसँगै ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.७४ अंक, फ्लोट इण्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंकले घटेका छन्।
नेप्सेसँगै कारोबार रकममा पनि संकुचन आएको छ। बिहीबार ४ अर्ब ८९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा शुक्रबार कारोबार रकम घटेर ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार रुपैयाँमा सीमित भएको छ। कुल ३५६ वटा स्टकको ४३ हजार ६८५ पटकको कारोबारमा १ करोड १९ लाख १२ हजार कित्ता सेयर खरिदबिक्री भएका छन्।

ऋणपत्रमा लगानीकर्ताको आकर्षण
घटेको बजारमा पनि डिबेञ्चर (ऋणपत्र) हरूको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। यस दिन एनएमबि डिबेञ्चर १०.७५% २०८९/९० को मूल्य सर्वाधिक १४.२९ प्रतिशतले बढेको छ। यस्तै, १०.७५% एसबिएल डिबेञ्चर २०८९ को मूल्य करिब ९ प्रतिशत तथा माण्डु हाइड्रोपावरको सेयर मूल्य करिब साढे ५ प्रतिशतले बढेको छ।
यता, सिन्धु विकास बैंकका सेयरधनीहरूले भने सर्वाधिक गुमाएका छन्। उक्त बैंकको सेयर मूल्य यस दिन ८.५५ प्रतिशतले घटेको छ।
कारोबार रकममा एसबिएल डिबेञ्चर शीर्ष स्थानमा
कारोबार रकमका आधारमा १०.७५% एसबिएल डिबेञ्चर २०८९ शीर्ष स्थानमा रह्यो, जसको २६ करोड ५३ लाख रुपैयाँबराबरको ऋणपत्र कारोबार भएको छ। त्यसैगरी, रिलायन्स स्पिनिङ्ग मिल्सको साढे १५ करोड रुपैयाँ र आँखु खोला जलविद्युत कम्पनीको करिब १५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ।
व्यापार र म्युचुअल फण्डबाहेक सबै उपसमूह राताम्मे
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ वटा उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ वटा उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचकमा सामान्य सुधार आएको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा बढी ०.७३ प्रतिशतले घटेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




