
काठमाडौं, १६ असाेज। युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रा. लि.को आयोजनामा “UNITED DEALERS SUMMIT 2083” थाइल्याण्डको पटायास्थित द होलिडे रिसोर्टमा सफलतापूर्वक सम्पन्न भएको छ। गत सेप्टेम्बर २१ देखि २५ (असोज ५ देखि ९ गते) सम्म सञ्चालन भएको उक्त कार्यक्रममा कम्पनीका देशभरका डिलर तथा व्यावसायिक साझेदारहरूको सहभागिता रहेको थियो।
डिलरहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाउने, उत्कृष्ट कार्यसम्पादन गर्नेहरूलाई सम्मान गर्ने र नयाँ उत्पादनहरू बजारमा ल्याउने उद्देश्यका साथ समिटको आयोजना गरिएको कम्पनीले जनाएको छ। कार्यक्रममा Veedol Lubricant र Nepal Gold Lubricant Brand का डिलरहरूबीच अनुभव आदानप्रदान, बजारका अवसर तथा आगामी व्यावसायिक रणनीतिबारे गहन छलफल भएको थियो।

उत्कृष्ट डिलरहरू सम्मानित
समिटका क्रममा आयोजित अवार्ड सेरेमोनीतर्फ Veedol र Nepal Gold Lubricant का उत्कृष्ट डिलर तथा टप परफर्मरहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरियो। व्यावसायिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने साझेदारहरूको कदर गर्दै उनीहरूलाई प्रोत्साहन स्वरूप सम्मान गरिएको हो।

नयाँ उत्पादनहरू सार्वजनिक
सोही अवसरमा कम्पनीले दुईपांग्रे तथा अन्य सवारी साधनका लागि नयाँ Engine Oil, Scooter Gear Oil, Chain Lube र Diesel Exhaust Fluid (DEF) सार्वजनिक गरेको छ। बजारको बढ्दो माग र ग्राहकको आवश्यकता अनुसार आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गर्दै लैजाने रणनीति अनुसार यी नयाँ उत्पादनहरू ल्याइएको कम्पनीले जनाएको छ।
व्यावसायिक छलफलका साथै विभिन्न मनोरञ्जनात्मक र अन्तरक्रियात्मक गतिविधिहरू समेत समावेश गरिएको उक्त कार्यक्रमले डिलर र कम्पनीबीचको आत्मीयता बढाउन मद्दत पुर्याएको छ।
कार्यक्रमका विषयमा बोल्दै युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रा. लि.का डेपुटी जनरल म्यानेजर दिनेश खनालले ‘युनाइटेड डिलर्स समिट २०८३’ अत्यन्त फलदायी र ऊर्जावान रहेको बताए। खनालका अनुसार यस सम्मेलनले कम्पनी र डिलरहरूबीचको सहकार्यलाई थप बलियो बनाउँदै आगामी दिनमा व्यावसायिक विस्तारका लागि नयाँ ढोका खोलेको छ।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




