
काठमाडौं, १७ असाेज । पछिल्लो एक हप्ताको अवधिमा नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज १० गते शनिबार प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन हप्ताको अन्तिम दिन असोज १६ गते शुक्रबारसम्म आइपुग्दा घटेर २ लाख ९४ हजार ८०० रुपैयाँमा झरेको छ।
चाडपर्व नजिकिँदै गर्दा नयाँ गहना बनाउने र खरिद गर्ने ग्राहकको चहलपहल बढे पनि बजारमा सुनको मूल्य भने ओरालो लागेको हो।
हप्ताभरि कसरी भयो सुनको कारोबार?
- असोज १० (शनिबार): प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा स्थिर।
- असोज ११ (आइतबार): तोलामा ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार ३०० रुपैयाँ पुग्यो।
- असोज १२ (सोमबार): एकैदिन ५ हजार रुपैयाँको ठूलो गिरावट आउँदै २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार।
- असोज १३ (मंगलबार): पुनः ३ हजार ८०० रुपैयाँले घट्दै २ लाख ९० हजार ५०० रुपैयाँमा झर्यो।
- असोज १४ (बुधबार): २ हजार ८०० रुपैयाँले बढेर २ लाख ९३ हजार ३०० रुपैयाँ पुग्यो।
- असोज १५ (बिहीबार): मूल्य स्थिर रहँदै २ लाख ९३ हजार ३०० रुपैयाँमै कारोबार।
- असोज १६ (शुक्रबार): हप्ताको अन्तिम दिन १५०० रुपैयाँले बढेर २ लाख ९४ हजार ८०० रुपैयाँमा कायम।
यस हप्ताको सुरुवाती दिनमा मूल्यमा केही उतारचढाव देखिए पनि समग्र साताभर सुनको मूल्यमा तीव्र वृद्धि हुन सकेन र साताको अन्त्यसम्म आइपुग्दा कुल ३, ८०० रुपैयाँको गिरावट दर्ता भयो।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




