
काठमाडौं, १८ असाेज। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीकाे शेयरमूल्य समायाेजन भएकाे छ । सिटिजन्स बैंक इन्टरनेश्नल (CZBIL) र विकास हाइड्रोपावर (BHCL) को शेयरमूल्य समायोजन भएकाे हाे ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीहरूले तय गरेको बुकक्लोज मितिअघिको अन्तिम कारोबार दिनका आधारमा नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेका अनुसार सिटिजन्स बैंकको ३.८० प्रतिशत र विकास हाइड्रोपावरको १० प्रतिशत बोनस शेयर समायोजन गरिएको छ।
- सिटिजन्स बैंक इन्टरनेश्नल: शुक्रबार दोस्रो बजारमा प्रतिकित्ता २११ रुपैयाँमा अन्तिम कारोबार भएको सिटिजन्स बैंकको बोनस शेयर समायोजनपश्चात नयाँ मूल्य २०३ रुपैयाँ २८ पैसा कायम भएको छ।
- विकास हाइड्रोपावर: दोस्रो बजारमा अन्तिम कारोबार प्रतिकित्ता ५६१ रुपैयाँमा भएको विकास हाइड्रोपावरको बोनस शेयर समायोजनपछि नयाँ मूल्य ५१० रुपैयाँ कायम भएको छ।
नेप्सेले निर्धारण गरेको यही समायोजित मूल्यलाई आधार मानेर आगामी कारोबार दिन दोस्रो बजारमा दुवै कम्पनीको शेयर कारोबार खुल्नेछ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




