कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

-



     सफल आवाज    
     असाेज १८ गते २०८३ मा प्रकाशित



काठमाडौं, १८ असाेज। कुमारी बैंक लिमिटेडले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले आम सर्वसाधारण लगानीकर्ताले समेत खरिद गर्न पाउने गरी उक्त सेयर बिक्रीमा राखेको हो।

नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम संस्थापक सेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीहरूलाई दिनुपर्ने भएकाले बैंकले यसअघि ३५ दिनको सूचना जारी गरेको थियो। तोकिएको अवधिभित्र बैंकका विद्यमान संस्थापक सेयरधनीहरूबाट खरिदका लागि कुनै आवेदन नपरेपछि उक्त सेयर सर्वसाधारणका लागि खुल्ला गरिएको बैंकले जनाएको छ।

उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारण लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।

आवेदन पत्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड (नक्साल, नागपोखरी, काठमाडौँ) वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय (टंगाल, काठमाडौँ) मा आइपुग्ने गरी बुझाउन सकिने बैंकले जनाएको छ।