
काठमाडौं, १८ असाेज। पी. एल. ओ. (PLO) ब्रान्डको उत्पादक पूर्वाञ्चल ल्युब आयल लिमिटेडको २७औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ। सभाले सञ्चालक समितिद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक तथा वित्तीय प्रतिवेदनसहित सम्पूर्ण प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ।
साधारणसभाले शेयरधनीहरूका लागि चुक्ता पुँजीको करसहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ। यसका साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति, बजेट, सञ्चालकहरूको पारिश्रमिक तथा नयाँ सञ्चालक समिति चयनसम्बन्धी महत्त्वपूर्ण प्रस्तावहरू पनि सभाबाट पारित भएका छन्।
यसैबीच कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्ने रणनीतिअनुरूप बुक बिल्डिङ विधिमार्फत प्राथमिक सेयर (आईपीओ) निष्कासनको प्रक्रियालाई अघि बढाएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार कम्पनीले योग्य संस्थागत लगानीकर्ताका लागि ६ लाख कित्ता सेयर छुट्याएको छ। आईपीओ निष्कासनमार्फत पुँजी वृद्धि गरी आगामी दिनमा आफ्नो व्यावसायिक दायरालाई अझ सुदृढ र विस्तार गर्ने योजना कम्पनीले बनाएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




