
वासिङ्टन,१९ असोज । अमेरिकाले सुरक्षा चिन्ताका कारण बेलायतस्थित सैन्य हवाई अड्डाबाट आफ्ना सबै अमेरिकी विमान फिर्ता अमेरिका पठाएको छ। हवाई अड्डामा सम्भावित आतंकवादी आक्रमणको योजना बनाइएको आशंकापछि यस्तो निर्णय गरिएको हो।
अमेरिकी अधिकारीहरूका अनुसार करिब एक दर्जन विमान बेलायतमा तैनाथ थिए। अमेरिकी रक्षा मन्त्रालयले सबै विमान अमेरिकास्थित आफ्ना सैन्य अड्डामा फर्किसकेको पुष्टि गरेको छ।
बेलायती हवाई अड्डामाथि सम्भावित आक्रमणको योजना बनाएको आशंकामा छ जना संदिग्ध पक्राउ परेपछि अमेरिकी पक्षले सुरक्षा व्यवस्था पुनः मूल्याङ्कन गरेको हो। अमेरिकी र बेलायती अधिकारीहरूले सम्भावित आक्रमणको प्रयासलाई समयमै विफल पारिएको बताएका छन्।
अमेरिकी रक्षा मन्त्रालयले सैन्य सुरक्षाका कारण विमानहरूको आवतजावतबारे वास्तविक समयमा जानकारी सार्वजनिक नगरिएको जनाएको छ। अहिले सबै विमान फिर्ता भइसकेपछि मात्र यसको पुष्टि गरिएको हो।








काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई रु दुई खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध…
पोखरा, ७ मंसिर। विश्व लगानीकर्ता सप्ताह (World Investor Week) को अवसर पारेर प्रिमियर सेक्युरिटिज र…
काठमाडौं, ७ मंसिर। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालय…
काठमाडौं, ७ मंसिर। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ महत्त्वपूर्ण विषयमा… 




