कालिका लघुवित्तले लेखापाल कर्मचारीहरुलाई दियाे १ दिने तालिम

-



     सफल आवाज    
     असाेज १९ गते २०८३ मा प्रकाशित



पाेखरा, १९ असाेज । पाेखराकाे कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापाल कर्मचारीहरुलाई १ दिने तालिम प्रदान गरेको छ । उक्त तालिम कार्यक्रममा ५ वटा अनुगमन मुकाम कार्यालयका ४७ जना लेखापाल कर्मचारीहरुको सहभागिता रहेको थियो।

तालिममा कालिका लघुवित्तका लेखा विभाग प्रमुख यामप्रसाद अर्यालले लेखा सम्बन्धि, सूचना तथा प्रविधि विभाग प्रमुख स्वीकृती केसी र जोखिम ब्यवस्थापन तथा असुली विभागका बिमल श्रेष्ठले सुरक्षित कर्जा लगानी र अहिलेको बिषम परिस्थितिमा कर्जा असुली सम्बन्धमा सहजिकरण गरेका थिए ।

तालिम कार्यक्रमकाे अध्यक्षता संस्थाका प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डेले गरेका थिए भने नायव प्रमुख कार्यकारी अधिकृत दिवस ढकालले कार्यक्रमको उद्देश्य माथि प्रष्ट पारेका थिए ।

प्रवन्धक हर्ष स्याङतानले शुभकामना मन्तब्य राखेकाे उक्त कार्यक्रममा उपस्थित सबैलाइ सहायक प्रवन्धक खेमनारायण रेग्मीले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रम सञ्चालन योजना तथा अनुगमन विभाग प्रमुख कृष्णप्रसाद शर्माले गरेका थिए।