
काठमाडौं, १९ असाेज। साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार घटेर बन्द भएको बजारले सोमबार पनि सोही गिरावटलाई निरन्तरता दिएको हो।
सोमबार नेप्से परिसूचक २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा झरेको छ। यससँगै ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ इण्डेक्स ३.२३ अंक, फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१३ अंकले ओरालो लागेका छन्।
कारोबार रकममा पनि गिरावट
नेप्सेसँगै सोमबार सेयर कारोबार रकममा पनि गिरावट आएको छ। गत शुक्रबार ४ अर्ब २९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा सोमबार कुल ३५९ वटा स्टकको ४४ हजार ७७७ पटकको कारोबारमा ३ अर्ब २७ करोड ९५ लाख ९ हजार रुपैयाँबराबरको ९० लाख ३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

कमाउने र गुमाउने कम्पनीहरू
यस दिन सर्वाधिक कमाउने ‘टप गेनर्स’ को शीर्ष १० सूचीमा अधिकांश ऋणपत्र (डिबेञ्चर) हरूको बाहुल्य देखिएको छ। जसमा १०.३० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेञ्चरको मूल्य सर्वाधिक ५.७५ प्रतिशतले बढेको छ। त्यस्तै, १० प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०८६ र ग्लोबल आइएमई समुन्नत योजना २ को मूल्य करिब ५ प्रतिशतले वृद्धि भएको छ।
यता, घाटा व्यहोर्नेमा त्रिशुली जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक ५.८४ प्रतिशतले घटेको छ।
घलेम्दी हाइड्रोको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहन सफल भएको छ। सो कम्पनीको सोमबार २२ करोड ८६ लाख रुपैयाँबराबरको सेयर कारोबार भयो। त्यस्तै, हाथवे इन्भेष्टमेन्टको ८ करोड ४९ लाख रुपैयाँ र शिवम सिमेन्ट्सको ८ करोड ४३ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
व्यापारबाहेक सबै उपसमूह राताम्मे
कारोबारमा आएका १३ उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचक मात्र सामान्य अंकले बढेको छ भने बाँकी १२ उपसमूहका परिसूचक घटेका छन्।
वित्त उपसमूहको परिसूचक सर्वाधिक १.१० प्रतिशतले घटेको छ। त्यसैगरी, होटल तथा पर्यटन, जलविद्युत र लगानी उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




