
काठमाडाैं, २३ असाेज । अमेरिकाको प्रतिष्ठित स्ट्यानफोर्ड विश्वविद्यालयले ‘एल्सेभियर’ (Elsevier) सँगको सहकार्यमा सार्वजनिक गरेको विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकहरूको सूचीमा ३१ जना नेपाली वैज्ञानिकहरू पर्न सफल भएका छन्।
अनुसन्धानकर्ता, पाेखराका निरञ्जन कोइराला ‘जमिन’ले दिएको जानकारीअनुसार ‘स्कोपस’ (Scopus) डाटाबेसबाट प्राप्त मानकीकृत साइटेसन मेट्रिक्स, अनुसन्धान पत्रको प्रकाशन संख्या र एक वर्षको अनुसन्धान प्रभाव (Citations Impact) का आधारमा यो अन्तर्राष्ट्रिय सूची तयार पारिएको हो।
अन्तर्राष्ट्रिय मञ्चमा नेपाली अनुसन्धानकर्ता तथा वैज्ञानिकहरूले पाएको यो मान्यताले नेपालमा पनि विश्वस्तरीय अनुसन्धान र नवप्रवर्तन गर्न सक्ने क्षमतावान् वैज्ञानिकहरू रहेको पुष्टि गरेको छ।
सार्क र विश्वव्यापी परिदृश्य:
- नेपाल: ३१ जना वैज्ञानिक सूचीमा समावेश।
- सार्क देशहरू: सार्क क्षेत्रमा सबैभन्दा बढी भारतका ६,९५३ जना वैज्ञानिकहरू सूचीमा परेका छन्। त्यसैगरी पाकिस्तानका १,०३४, बंगलादेशका ३४७, श्रीलंकाका ६८, अफगानिस्तानका २ तथा भुटान र माल्दिभ्सका १-१ जना अनुसन्धानकर्ता समावेश छन्।
- विश्वभरको स्थिति: विश्वव्यापी सूचीमा संयुक्त राज्य अमेरिका ७३,६३८ वैज्ञानिकहरूसहित पहिलो स्थानमा छ भने ३७,२०३ वैज्ञानिकहरूसहित चीन दोस्रो स्थानमा रहेको छ।
वैज्ञानिक प्रोत्साहन र लगानी बढाउन माग:
अन्तर्राष्ट्रिय स्तरमा प्राप्त यो उपलब्धिले विश्वसामु नेपालको छवि उच्च बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। नेपाललाई नवीन वस्तु तथा प्रविधिको निर्यातकर्ता मुलुकका रूपमा विकास गर्नका लागि सरकार र निजी क्षेत्र दुवैले अनुसन्धानमा आर्थिक सहयोग तथा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ।
साथै, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय (नेतृत्व: डा. महावीर पुन) ले यस सूचीमा पर्न सफल ३१ जना नेपाली वैज्ञानिकहरूलाई आमन्त्रण गरी प्रशंसा-पत्र तथा अनुदान रकम प्रदान गरेर हौसला बढाउनुपर्ने सुझावसमेत दिइएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




