क्षत्री समाज नेपालद्वारा घटस्थापना तथा ‘क्षेत्री दिवस’ को शुभकामना व्यक्त, उमंगका साथ मनाउन आह्वान

-



     सफल आवाज    
     असाेज २४ गते २०८३ मा प्रकाशित



पोखरा, २४ असाेज। बडादसैँको पहिलो दिन असाेज २५ गते घटस्थापनाकाे अवसरमा क्षेत्री समाज नेपाल, केन्द्रीय समितिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गर्दै हर्षोल्लासका साथ ‘क्षेत्री दिवस’ मनाउन आह्वान गरेको छ।

समाजका केन्द्रीय अध्यक्ष रिब बहादुर थापाद्वारा जारी शुभकामना सन्देशमा घटस्थापना पर्वलाई क्षेत्री समुदायले वर्षौँदेखि आफ्नो सांस्कृतिक तथा जातीय पहिचान झल्कने पोसाक, झाँकी, बाजागाजा र सरुन नाचका माध्यमबाट क्षत्री दिवसका रूपमा मनाउँदै आएको स्मरण गराइएको छ।

शुभकामना सन्देशका मुख्य बिन्दुहरू:

  • ऐतिहासिक पहिचान र योगदान: नेपालको मुलुकी प्रशासन, शान्ति सुरक्षा र राज्य सञ्चालनको इतिहासमा क्षेत्री समुदायको आरम्भिक कालदेखि नै महत्त्वपूर्ण योगदान रहेको र दसैँ पर्वको इतिहास क्षेत्रीहरूसँग गहिरोसँग जोडिएको सन्देशमा उल्लेख छ।
  • सांस्कृतिक निरन्तरता: नवरत्न/नवरात्र आरम्भ हुने घटस्थापनाको दिन देवीशक्तिको पूजा-आराधना गरी शक्ति आर्जन गर्ने परम्परा रहँदै आएकाले यस दिनलाई सांस्कृतिक पहिचानको रूपमा मनाइँदै आएको छ।
  • एकता र सद्भावको आह्वान: देशको शान्ति सुरक्षा, सुव्यवस्था, स्वाधीनता, क्षत्रीहरूको हक-अधिकारको रक्षा तथा जातीय सद्भाव कायम राख्दै दसैँ पर्व तथा क्षेत्री दिवसलाई उल्लासमय वातावरणमा मनाउन आग्रह गरिएको छ।
  • चाडपर्वको शुभकामना: बडादसैँ, तिहार, नेपाल संवत् र छठ पर्वलगायतका सम्पूर्ण नेपाली चाडपर्वहरूको अवसरमा स्वदेश तथा विदेशमा रहेका क्षेत्री समाजका सम्पूर्ण तह, भ्रातृ संगठन, विदेश शाखाका सदस्यहरू र आम नेपालीजनहरूमा सुस्वास्थ्य, दीर्घायु एवं उत्रोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गरिएको छ।

अध्यक्ष थापाले यस क्षत्री दिवसले सम्पूर्ण क्षेत्रीहरूमा एकता कायम गर्दै एउटै सूत्रमा आबद्ध रहने शक्ति प्रदान गरोस् भन्ने शुभेच्छा समेत प्रकट गर्नुभएको छ।