
काठमाडौ, २८ असाेज। विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो दसौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। साथै गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर वितरण गर्ने समेत घोषणा गरेको छ। कम्पनीले बोनस शेयर लगायतका अन्य प्रस्ताव पारित गर्न कात्तिक १८ गते, बुधबार काठमाडौँको शंखमुलस्थित ‘अनमोल बेन्क्वीट’मा बिहान साढे ९ बजे सभा बाेलाएकाे हाे।
कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको जनाएकाे छ।
यस्ता छन एजेण्डा
- लाभांश अनुमोदन: ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) पारित गर्ने।
- हकप्रद शेयर निष्कासन: हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत (१:१) हकप्रद शेयर निष्कासन गर्ने।
- ऋणपत्र जारी गर्ने: साधारण शेयरमा परिणत हुनसक्ने गरी ऋणपत्र (Debenture) जारी गर्ने।
- प्रबन्धपत्र तथा नियमावली संशोधन: कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने तथा नियमनकारी निकायबाट थपघट गर्न निर्देशन आएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने।
- लेखापरीक्षक नियुक्ति: आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने।
साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। कात्तिक ९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र कम्पनीको साधारण सभामा सहभागी हुन र घोषित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




