लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

-



     सफल आवाज    
     असाेज २८ गते २०८३ मा प्रकाशित



काठमाडौं, २८ असाे । लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन्। असोज २७ गते अपराह्न बसेको बैंक सञ्चालक समितिको ३३०औँ बैठकले भट्टराईलाई आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

नवनियुक्त सीईओ भट्टराई हाल सोही बैंकमा सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत (Senior DCEI) तथा चिफ क्रेडिट अफिसर (Chief Credit Officer) का रूपमा कार्यरत छन्।

बैंकिङ क्षेत्रमा लामो अनुभव हासिल गरेका भट्टराईको नेतृत्वमा बैंकले आफ्ना व्यावसायिक गतिविधि, कर्जा व्यवस्थापन तथा ग्राहक सेवालाई अझ सुदृढ, आधुनिक र प्रभावकारी बनाउँदै लैजाने विश्वास बैंक सञ्चालक समितिले लिएको छ।