
काठमाडौं, ३० असाेज । नेपालमा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा निरन्तर सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को दुई महिनाको तथ्याङ्क अनुसार विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भई रु. ४ खर्ब ३६ अर्ब ३६ करोड पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो।
राष्ट्र बैंकका अनुसार २०८३ भदौ महिनामा मात्रै रु. २ खर्ब २१ अर्ब ३१ करोड विप्रेषण भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह रु. १ खर्ब ७४ अर्ब ६७ करोड रहेको थियो।
डलर र खुद द्वितीय आयमा वृद्धि
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले बढेको थियो।
त्यसैगरी, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. ४ खर्ब ६९ अर्ब ४४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु. ३ खर्ब ८४ अर्ब ८८ करोड रहेको थियो।
नयाँ श्रम स्वीकृति घट्यो, पुनः श्रम स्वीकृति बढ्यो
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्यामा भने केही गिरावट आएको छ। समीक्षा अवधिमा नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या ७८ हजार ३२० रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो सङ्ख्या ९० हजार १९८ रहेको थियो।
यद्यपि, पुनः श्रम स्वीकृति लिनेको सङ्ख्यामा भने वृद्धि भएको छ। यस अवधिमा ५२ हजार १६३ जनाले पुनः श्रम स्वीकृति लिएका छन्, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो सङ्ख्या ४५ हजार ८८४ रहेको थियो।








काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई रु दुई खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध…
पोखरा, ७ मंसिर। विश्व लगानीकर्ता सप्ताह (World Investor Week) को अवसर पारेर प्रिमियर सेक्युरिटिज र…
काठमाडौं, ७ मंसिर। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालय…
काठमाडौं, ७ मंसिर। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ महत्त्वपूर्ण विषयमा… 




