
काठमाडौं, ३० असाेज । बडादसैँ अघिको अन्तिम कारोबार दिन शेयर बजार बढेर बन्द भएको छ। पछिल्ला ६ कारोबार दिनदेखि लगातार उकालो लागिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सोही वृद्धिलाई निरन्तरता दिएको हो।
शुक्रबार नेप्से परिसूचक ८.२३ अंकले बढेर २६३४.१७ विन्दुमा पुगेर अडिएको छ। यस्तै, सेन्सेटिभ इण्डेक्स १.९७ अंक, फ्लोट इण्डेक्स ०.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंकले बढेका छन्।
नेप्सेमा आएको वृद्धिसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा सुधार आएको छ। बिहीबार रु. ४ अर्ब ७१ करोडको शेयर खरिदबिक्री भएकोमा शुक्रबार कुल ३४८ कम्पनीका १ करोड ३३ लाख ७६ हजार कित्ता शेयर ३९ हजार २९५ पटकमा रु. ४ अर्ब ८८ करोड ८९ लाख बराबरमा कारोबार भएका छन्।

चिरख्वा हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढ्यो
यस दिन चिरख्वा हाइड्रोपावरको शेयरमूल्यमा सर्वाधिक १४.८२ प्रतिशतको वृद्धि भएको छ। त्यस्तै, बेनी हाइड्रोपावर प्रोजेक्टको शेयरमूल्य करिब साढे १२ प्रतिशत र शुभम पावरको शेयरमूल्य साढे ८ प्रतिशतले बढेको छ।
यता हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले भने सबैभन्दा बढी गुमाएका छन्; जसको शेयरमूल्य सर्वाधिक ४.९८ प्रतिशतले घटेको छ।
घलेम्दी हाइड्रोको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहन सफल भएको छ। सो कम्पनीको यस दिन रु. २० करोड ४९ लाख बराबरको शेयर कारोबार भएको छ।
त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रु. १८ करोडभन्दा बढी र ग्रीन भेन्चर्सको रु. साढे १७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
उपसमूहको अवस्था
कारोबारमा आएका १३ उपसमूहमध्ये ८ वटा उपसमूहको परिसूचक उकालो लागेको छ भने ५ वटा उपसमूहको परिसूचक घटेको छ।
यस दिन बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंकले बढेका छन्।








काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई रु दुई खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध…
पोखरा, ७ मंसिर। विश्व लगानीकर्ता सप्ताह (World Investor Week) को अवसर पारेर प्रिमियर सेक्युरिटिज र…
काठमाडौं, ७ मंसिर। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालय…
काठमाडौं, ७ मंसिर। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ महत्त्वपूर्ण विषयमा… 




