
काठमाडौं, ३१ असाेज। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले सेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
कम्पनीको एघारौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत अर्थात् करसहित ४ करोड रुपैयाँ नगद लाभांश पारित गरेको हो।
राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबारस्थित सभाहलमा सम्पन्न उक्त साधारण सभामा कम्पनीका अध्यक्ष विनय रमण पौडेलले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमाथि विस्तृत छलफलपश्चात् सभाले लाभांश वितरण सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
लेखापरीक्षक नियुक्ति तथा सञ्चालकहरूको अनुमोदन
साधारण सभाले आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय समेत गरेको छ। साथै, कम्पनीमा नवनियुक्त सञ्चालकहरूको नियुक्तिलाई पनि सभाले अनुमोदन गरेको छ।
सभामा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत निम्बल श्रेष्ठले बैंकको शतप्रतिशत सेयर प्रतिनिधित्व गर्दै सहभागिता जनाउनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) देवेन्द्र रमण खनालको उपस्थिति रहेको थियो।
यसैगरी, साधारण सभामा कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रतिनिधि, बाह्य लेखापरीक्षकका साथै ‘आरविवि म्युचुअल फण्ड १’ र ‘आरविवि म्युचुअल फण्ड २’ का लेखापरीक्षकहरूको समेत सहभागिता रहेको थियो।
म्युचुअल फण्डहरूको लाभांश घोषणा
कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कम्पनीद्वारा सञ्चालित योजनाहरूमध्ये आरविवि म्युचुअल फण्ड १ ले २.७५ प्रतिशत र आरविवि म्युचुअल फण्ड २ ले ६ प्रतिशत नगद लाभांश वितरण गरिसकेका छन्। सोही अवधिमा आरविवि मर्चेन्ट बैंकिङ स्वयंले पनि २० प्रतिशत नगद लाभांश दिने सफलता हासिल गरेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




