
काठमाडौं, ३१ असाेज। नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई (FIU-Nepal) ले दसैं, तिहार, नेपाल संवत् तथा छठ जस्ता चाडपर्वको अवसरमा अनलाइन ठगी (Online Scams/Fraud) का घटनाहरू बढ्न सक्ने भन्दै आम नागरिक तथा वित्तीय सेवा प्रदायकहरूका लागि विशेष सतर्कताको सूचना (Advisory) जारी गरेको छ।
चाडपर्वका बेला अनलाइन सपिङ, डिजिटल बैंकिङ र भुक्तानीको प्रयोग व्यापक हुने भएकाले आपराधिक समूहले यसैको फाइदा उठाउन सक्ने इकाईले जनाएको छ।
चाडपर्वमा देखिन सक्ने प्रमुख अनलाइन ठगीका प्रकारहरू:
- नक्कली चाडपर्व अफर र चिट्ठा: सामाजिक सञ्जालमार्फत “दसैं धमाका” वा “उपहार जित्नुभयो” भनी नक्कली लिङ्क पठाइ सेवा शुल्क वा करको नाममा अग्रिम रकम माग गर्ने।
- फिसिङ र बैंकिङ ठगी: नक्कली वेबसाइट बनाई केवाइपी (KYC) अपडेट नगरे खाता ब्लक हुने डर देखाएर पासवर्ड र ओटीपी (OTP) चोरेर रकम ठगी गर्ने।
- नक्कली अनलाइन सपिङ पेजहरू: सामाजिक सञ्जालमा भारी छुटको विज्ञापन राखी अग्रिम भुक्तानी लिन, र रकम लिएपछि सामान नपठाई ब्लक गर्ने।
- नक्कली पहिचान र कागजातको दुरुपयोग: अरूको नागरिकता वा कीर्ते कागजात प्रयोग गरी नक्कली सामाजिक सञ्जाल खातामार्फत आपराधिक गतिविधि गर्ने।
आम नागरिकका लागि सुरक्षित रहने उपायहरू:
- आफ्नो मोबाइलमा आउने ओटीपी (OTP), पासवर्ड वा पिन (PIN) नम्बर कसैलाई पनि नदिनुहोस्।
- सामाजिक सञ्जालमा आउने “फ्री रिचार्ज” वा “चिट्ठा पर्यो” जस्ता शङ्कास्पद लिङ्कहरू नखोल्नुहोस्।
- अनलाइनबाट सामान खरिद गर्दा सकेसम्म ‘पे अन डेलिभरी’ (Pay on Delivery) को विकल्प छान्नुहोस् र आधिकारिक वेबसाइट मात्र प्रयोग गर्नुहोस्।
यदि कोही व्यक्ति अनलाइन ठगीमा परेमा वा शङ्कास्पद गतिविधि देखिएमा तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्था, डिजिटल वालेट प्रदायक वा नेपाल प्रहरीको साइबर ब्यूरो तथा नजिकैको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरिएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




