दशैँ बिदामा माछापुच्छ्रे बैंकका तोकिएका शाखा खुला रहने

-



     सफल आवाज    
     कार्तिक १ गते २०८३ मा प्रकाशित



काठमाडौं, १ कार्तिक । नेपालीहरूको महान् चाड बडादशैँ २०८३ को अवसरमा माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै दशैँ बिदाका दिनहरूमा पनि सीमित शाखाहरू मार्फत सेवा प्रदान गर्ने भएको छ।

बैंकले एक सूचना जारी गर्दै दशैँका विभिन्न दिनहरूमा देशका विभिन्‍न स्थानमा रहेका आफ्ना शाखा कार्यालयहरू खुला रहने जानकारी दिएको हो।

बैंकका अनुसार असोज ३१ गते (सप्तमी), कात्तिक १ गते (महाअष्टमी), कात्तिक २ गते (अष्टमी), कात्तिक ३ गते (महानवमी), कात्तिक ५ गते (एकादशी) र कात्तिक ६ गते (द्वादशी) का दिनहरूमा तोकिएका शाखाहरूबाट काउन्टर सेवा उपलब्ध गराइनेछ।

खुला रहने शाखाहरू र दिनहरू:

  • कात्तिक १ गते (महाअष्टमी): विराटनगर, कञ्चनरुप, नयाँ थिमी, पुल्चोक, नयाँ बजार (पोखरा), अमरसिंह, लेकसाइड, नक्साल, नयाँ बानेश्वर, भैरहवा, सल्यान र अत्तरिया।
  • कात्तिक २ गते (अष्टमी): इटहरी, कमलविनायक (भक्तपुर), हेटौँडा, सतुङ्गल, लेखनाथ, बगरा, बुटवल, नेपालगञ्ज, बर्दघाट, राजपुर र वीरगञ्ज।
  • कात्तिक ३ गते (महानवमी): विराटचोक, बिर्तामोड, सिराहा, बनेपा, नारायणगढ, न्युरोड (पोखरा), महेन्द्रनगर, पर्सा (चितवन) र पुतलीसडक।
  • कात्तिक ५ गते (एकादशी): मिचैया, लहान, राजविराज, कौशलटार र पेप्सीकोला।
  • कात्तिक ६ गते (द्वादशी): बनेपा र धनगढी।

कार्यालय समय र ग्राहक सेवा:

दशैँ बिदाका दिनहरूमा तोकिएका शाखाहरू बिहान १०:०० बजेदेखि दिउँसो १:०० बजेसम्म खुला रहने बैंकले जनाएको छ।

साथै, बैंक सम्बन्धी थप जानकारी तथा सोधपुछका लागि ग्राहकहरूले २४ सै घण्टा खुला रहने बैंकको ग्राहक सेवा केन्द्रको नम्बर ०१-५९७०६६६ मा सम्पर्क गर्न सक्नेछन्।