सप्तकोशीमा मोटर बोट दुर्घटना, ३ को मृत्यु, ५ जना बेपत्ता

-



     सफल आवाज    
     कार्तिक ८ गते २०८३ मा प्रकाशित



काठमाडौं, ८ कात्तिक। धनकुटा, उदयपुर र भोजपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशीमा मोटर बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

भोजपुरबाट बराहक्षेत्रतर्फ आउने क्रममा मोटर बोट दुर्घटनामा परेको हो । सो घटनामा तीन जना बेपत्ता भएका छन् । उक्त मोटर बोटमा १६ जना सवार रहेको अनुमान गरिएको छ ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं १ बाहिनीबाट पाँच गोताखोरसहित नौ, सुरक्षा वेश रामपुरबाट छ र विपद् व्यवस्थापन वेश चतराबाट नौ जनाको टोली खटिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।