
काठमाडौं, १८ कार्तिक । सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई नेपाल प्रहरीको सर्वोच्च पदमा पदोन्नति गर्ने निर्णय गरेको हो।
नवनियुक्त प्रहरी महानिरीक्षक केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ।
लामो समयदेखि अपराध अनुसन्धानका क्षेत्रमा उत्कृष्ट छवि बनाएका केसीले विभिन्न चर्चित तथा जटिल मुद्दाहरूको सफल अनुसन्धानको नेतृत्व गरिसक्नुभएको छ। उहाँको कार्यकुशलता र व्यावसायिक निष्ठालाई ध्यानमा राख्दै सरकारले उहाँलाई प्रहरी संगठनको नेतृत्व सम्हाल्ने जिम्मेवारी सुम्पेको हो।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले हालका आईजीपी दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई नयाँ आईजीपी बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ।
विवाद र पृष्ठभूमि
कार्की र सरकारबीचको सम्बन्धमा खटपट आएपछि मन्त्रिपरिषद्ले आईजीपी नै फेर्ने कदम चालेको हो। मूल रूपमा रास्वपा सांसद खगेन्द्र सुनारले निर्वाचनको समयमा प्रहरीको पोसाक खरिदबारे प्रश्न उठाएएपछि विवादको सूत्रपात भएको थियो।
विवाद चुलिँदै जाँदा प्रहरी संगठनभित्र तीव्र अन्तर्विरोध उत्पन्न भएको थियो भने कार्कीको सरकारसँगको दूरीसमेत बढेको थियो।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




