
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नारासहित तेस्रो संस्करणको गरिमा रोड रेस २०८३ सम्पन्न गरेको छ । प्रतियोगितामा १ हजार ४०० भन्दा बढी धावक सहभागी भएकाे बैकले जनाएकाे छ ।
प्रतियोगितामा पुरुष तथा महिला खुला १० किलोमिटर दौड र पुरुष तथा महिला कर्पोरेट ५ किलोमिटर दौड गरी चार विधा समावेश गरिएको थियो ।
खुला १० किलोमिटर दौडको पुरुषतर्फ तीर्थकुमार पुनले ३१ मिनेट ५० सेकेन्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे । महिलातर्फ राज्य रावलले ३९ मिनेट ५४ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरिन् ।
त्यस्तै, कर्पोरेट ५ किलोमिटर दौडको पुरुषतर्फ ईश्वर बुढाथोकीले १९ मिनेट २८ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम भए भने महिलातर्फ दिव्या बिष्टले २६ मिनेट ५७ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरिन् ।
बैंकले प्रत्येक विधाका उत्कृष्ट पाँच स्थान हासिल गर्ने धावकलाई नगद पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरेको थियो ।
कार्यक्रममा गरिमा विकास बैंकका अध्यक्ष दिलीप प्रताप खाँण, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, पूर्वसञ्चालकहरू, सेयरधनीहरू, विभिन्न संघसंस्था तथा स्थानीय निकायका प्रतिनिधिहरू, पत्रकार र बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।








काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई रु दुई खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध…
पोखरा, ७ मंसिर। विश्व लगानीकर्ता सप्ताह (World Investor Week) को अवसर पारेर प्रिमियर सेक्युरिटिज र…
काठमाडौं, ७ मंसिर। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालय…
काठमाडौं, ७ मंसिर। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ महत्त्वपूर्ण विषयमा… 




