
इस्लामावाद, १८ मङ्सिर । पाकिस्तानको सेनाले जारी राखेको आतङ्ककारीविरुद्धको कारबाहीका क्रममा एक आतङ्ककारी समूहका कमाण्डरको ज्यान गएको बताइएको छ ।
पाकिस्तानको उत्तरी वाजिरिस्तानमा ती कमाण्डरमा मारिएका यहाँको सेनाले जानकारी दिएको छ । पाकिस्तानी सेनाले गरेको विशेष कारबाहीमा उनी मारिएका यहाँको सेनाले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ । पाकिस्तानी सेनाको मिडिया विभाग, आइएसपिआरले सो कुराको जानकारी गराएको हो ।
उत्तरी वाजिरिस्तानको सेवा जिल्लामा सेना र आतङ्ककारी समूहका सदस्यका बीचमा दुई पक्षीय भिडन्त भएको थियो । दुवै तर्फबाट गोली प्रहार भएको र सैनिकको गोली लागेर ती कमाण्डर सरकाई छद्म नामले चिनिने मोहम्मद नुर मारिएका हुन् । उनले सो क्षेत्रका सर्वसाधारण तथा प्रहरीको हत्या गर्ने, मानिसलाई अपहरण गर्ने र फिरौती माग्ने जस्ता काम गरेका थिए ।
उनी यहाँका सुरक्षा निकायको सर्वाधिक खोजीको सूचीमा रहेका पनि सो विज्ञप्तिमा जनाइएको छ । पाकिस्तानी सेनाले यहाँका नागरिकको सर्वाधिक खोजीको सूचीमा रहेका मोहम्मद नुरको ज्यान गएको र त्यस कारबाहीका क्रममा अरु केही आतङ्ककारी तथा पाकिस्तानी सेनाका सदस्य घाइते भएका पुष्टि गरेको हो ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




