सानिमा बैंकको शैक्षिक कर्जा प्रमाणीकरण क्यूआर कोडबाटै हुने

-



     सफल आवाज    
     मंसिर १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ मंसिर । सानिमा बैंकको शैक्षिक कर्जा प्रमाणीकरण क्यूआर कोडबाटै हुने भएको छ । बैंकले नेपालमै पहिलो पटक क्यूआर कोड समाहित शैक्षिक कर्जा स्वीकृति पत्र प्रयोगमा ल्याएको हो । विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न जाँदा विद्यार्थीहरुले लिने शैक्षिक कर्जाको प्रमाणीकरण बैंकले विभिन्न निकायहरुमा गर्नुपर्ने हुदा उक्त प्रकृया सरल र छिटो गर्ने उद्देश्यले क्यूआर कोड सहितको कर्जा स्वीकृति पत्र ल्याइएको बैंकले जनाएको छ ।

बैंकका अनुसार अहिले यस्ता कर्जा स्वीकृति पत्रको प्रमाणीकरण विभिन्न निकायहरुबाट पटक पटक फोन वा इमेल मार्फत हुँदै आएकोमा अब उप्रान्त कर्जा क्यूआर कोड स्क्यान गरी बैंकको आधिकारिक वेबसाइट मार्फत् विश्वको कुनै पनि स्थानबाट केही क्षणमा नै कर्जा प्रमाणित गर्न सकिनेछ । यो प्रविधिले विद्यार्थीको भिसा प्रक्रिया सरल र छिटो गर्न पनि सहयोग मिल्नेछ बैंकको विश्वास छ ।

सानिमा शैक्षिक कर्जा बैंकले आफ्ना सबै शाखाहरुबाट उपलब्ध गराउने जनाएको छ । बैंकले अधिकतम १ करोड रुपैयाँसम्म आकर्षक ब्याजदरमा १५ वर्षसम्मको कर्जा प्रदान गरेको छ । सानिमा बैंकले सातै प्रदेशमा १३० वटा कार्यालयहरु र १२३ वटा ए.टि.एम. सञ्जालमार्फत् सेवा प्रवाह गर्दै आइरहेको छ ।