
काठमाडौं, २० मंसिर । नेपाल सरकारको ग्रामीण दूरसञ्चार पूर्वाधार विकासको योजना अनुरुप ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत २०७९ कात्तिक मसान्तसम्म शत प्रतिशत काम सम्पन्न भएको छ।
हालै नेपाल दूरसञ्चार प्राधिकरणद्वारा जारी चालु आर्थिक वर्षको कात्तिक महिनासम्मको प्रगति विवरण अनुसार ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ ओटा प्याकेजमध्ये १८ ओटै प्याकेजहरु मार्फत् ७४ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा १०० प्रतिशत काम सकिएको छ।
सम्पन्न भएका परियोजनाहरूमध्ये १० वटा परियोजनाको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भइसकेको र ८ वटा परियोजनाको तेस्रो चरण अन्तर्गतकोअनुगमन तथा प्रमाणीकरणको काम बाँकी रहेको प्राधिकरणले जनाएको छ । हालसम्म जडान कार्य सम्पन्न भइ सञ्चालनमा रहेका साइटहरुको विवरण यस प्राधिकरणको वेबसाइटमा रहेको लिंकमा हेर्न सकिन्छ।
२०७९ कात्तिक मसान्तसम्म ब्रोडब्याण्ड परियोजनाहरुको संक्षिप्त भौतिक प्रगति विवरण यस्तो छ:







काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले… 



