गाडी, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा

-



     सफल आवाज    
     मंसिर २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० मंसिर । नेपाल सरकारले मोबाइल, बिदेशी मदिरा, गाडी र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ। मंगलबारको मन्त्रिपरिषदकाे बैठकले पुस १ गतेदेखि लागू हुनेगरी ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्दै आयात खुलाउने निर्णय गरेको वाणिज्य तथा आपूर्ति मन्त्रालय स्राेतले जानकारी दिएकाे छ।

विदेशी मुद्रा संञ्चिति घटेकाे भन्दै सरकारले गत वैशाखदेखि १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाई बाँकी रहेका ४ प्रकारका बस्तुहरु निजी चारपांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी मदिरा र ३ सय डलरमाथिका मोबाइल फोन आयात प्रतिबन्ध लगाएको थियो।