विश्वभर संक्रमितको संख्या ४ करोड १० लाख ४० हजार बढी

-



     सफल आवाज    
     कार्तिक ५ गते २०७७ मा प्रकाशित



काठमाडौं,५ कात्तिक । विश्वमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ४ करोड १० लाख ४० हजार ६२१ पुगेको छ । हालसम्म ११ लाख २९ हजार ५९१ काे ज्यान गएको छ भने ३ करोड ६२ लाख ५ हजार ८६० जना निको भईसकेका छन् ।

कोरोनाका सक्रिय केसहरु ९२ लाख ८५ हजार १७० रहेका छन् । ९२ लाख ८ हजार ९९ जनाको अवस्था सामान्य भईरहेको छ । उनिहरु निको हुने चरणनमा रहेका छन् । यो भनेको ९९ प्रतिशत हो । गम्भिर अवस्थाका बिरामी ७७ हजार ७१ जना रहेका छन् । यो भनेको १ प्रतिशत मात्रै हो ।

कोरोना भाइरसको संक्रमण फैलिएका २१५ देशरुमध्ये सबैभन्दा बढी महामारी फैलिएको देश अमेरिकामा ८५ लाख २० हजार ३०७ जनामा संक्रमण भएको छ । २ लाख २६ हजार १४९ जनाको मृत्यु भएको छ भने ५५ लाख ४५ हजार ६१९ जना निको भईसकेका छन् ।

भारत संक्रमण बढी भएको दोश्रो देश हो । त्यहाँ ७६ लाख ४९ हजार १५८ जनामा संक्रमण भएको छ । १ लाख १५ हजार ९५० जनाको मृत्यु भएको छ भने ६७ लाख ९२ हजार ५५० जना निको भएका छन् ।

विश्वमा तेश्रो धेरै संक्रमण फैलिएको देश ब्राजिल रहेको छ । त्यहाँ ५२ लाख ७४ हजार ८१७ जनामा संक्रमण भएको छ । १ लाख ५४ हजार ८८८ जनाको मृत्यु भएको छ भने ४७ लाख २१ हजार ५९३ जना निको भईसकेका वर्ल्डओमिटर्स डट इन्फोले जनाएकाे छ ।