
इनतेबी, युगान्डा, २३ मङ्सिर । युगान्डाले बिहीबार इबोला परीक्षण खोपको बाह्र सय मात्रा प्राप्त गरेको छ । युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ एसेङ्गले राजधानी कम्पालाबाट ४० किलोमिटर दक्षिणमा रहेको सरकारी स्वामित्वको ‘नेशनल मेडिकल स्टोर’मा आयोजित कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट परीक्षण खोपको बाह्र सय मात्र प्राप्त भएको बताए ।
मन्त्रीले इबोलाको प्रकोप घट्दै गएको समयमा खोप आएको भएपनि थप प्रकोप भएमा देश तयार छ भनी सुनिश्चित गर्न अनुसन्धान जारी रहने मन्त्रीले बताए।
प्रभावकारिता र सुरक्षा निर्धारण गर्न प्रारम्भिक अध्ययनहरूमा परीक्षण गरिएको युगान्डामा खोप हस्तान्तरण गर्ने डब्ल्यूएचओ कन्ट्री अफिसका घटना प्रबन्धक चार्ल्स नजुगुनाले बताए। सबैभन्दा ठूलो जोखिममा भएकाहरुलाई परिक्षण खोप हस्तान्तरण गरिने र परीक्षणमा सहभागिता स्वैच्छिक र निःशुल्क रहने पनि उनले बताए।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




