
लिमा, २४ मङ्सिर । पेरुका नवनिर्वाचित राष्ट्रपति डिना बोल्वार्टेले आगामी निर्वाचन निर्धारित समयभन्दा अगावै हुन सक्ने सङ्केत गरेकि छन् । “यदि परिस्थिति अनुकूल भयो भने सरकारले चुनाव अगाडि सार्ने गरी कङ्ग्रेसका राजनीतिक र लोकतान्त्रिक शक्तिहरूसँग वार्ता गर्नेछ’ सम्भावना रहेको बताइन।
बोल्वार्टेले बुधबार पदभार ग्रहण गर्दै कङ्ग्रेसले उनको पूर्ववर्ती पेड्रो कास्टिलोलाई विधायिका भङ्ग गर्ने असफल प्रयासको गरेको केही घण्टापछि महाभियोग लगाएको थियो । सुरक्षा बलद्वारा हिरासतमा रहेका कास्टिलोले यसअघि विपक्षी नेतृत्वको कङ्ग्रेसले अनुमोदन गरेको महाभियोग प्रस्ताव आफूविरुद्ध राजनीतिक खेलको हिस्सा भएको टिप्पणी गरेका थिए ।
पेरुको अरेक्विपा, इका र ट्याक्ना क्षेत्रहरूमा पान-अमेरिकन राजमार्गको केही भागहरूमा विरोध प्रदर्शन भइरहेका बेला प्रारम्भिक चुनावमा बोलुआर्टेको टिप्पणी सार्वजनिक भएको हो । त्यहाँ स्थानीयहरूले कास्टिलोको गिरफ्तारीको विरोधमा ढुङ्गा, लाठी सहित टायर बालेर सडक अवरुद्ध गरेका छन्।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




