रास्वपाकी सोविता गौतमको चुनाव खर्च कति ?

-



     सफल आवाज    
     मंसिर २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ मंसिर । काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले चुनावमा ३ लाख ७१ हजार खर्च गरेको पाइएको छ । गौतमले आज चुनावमा ३ लाख ७१ हजार रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा बुझाएकी हुन् ।

उनले बुझाएको विवरणमा गोष्ठी र कार्यकर्ता परिचालनमा ८० हजार ९९५ रुपैयाँ खर्च भएको उल्लेख गरेकी छिन् । यसैगरी १३ दिनसम्म गाडी रिजर्भ गरेको ७८ हजार, पेट्रोल/डिजल खरिद गरेको ६२ हजार ५०५, घोषणापत्र र नमूना मतपत्र छपाई गर्दा ४६ हजार ५ सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

विवरण अनुसार मतदाता नामावली खरिदमा ३ हजार, कार्यालय स्थापनामा ५ हजार, कार्यालयको भाडा, कर्मचारी, स्टेशनरी, पानी र बत्तीको गरी ३५ हजार, फ्लेक्समा प्रचार सामग्री बनाएको २० हजार, प्रतिनिधि परिचालनमा १५ हजार र विविधमा २५ हजार खर्च भएको देखाइएको छ ।