
काठमाडौं, २९ मंसिर । करार सेवामा कार्यरत नेपाल वायुसेवा निगमका १ सयभन्दा बढी एयर हाेष्टेज (क्याबिन क्रु) ले आन्दोलन गर्दै केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । उनीहरुले म्याद सकिने बित्तिकै करार अवधि थप गर्न र जागिरको सुनिश्चितताको माग गर्दै निगमको केन्द्रीय कार्यालय सुन्धारामा धर्ना दिएका दिएका हुन ।
करार सेवामा रहेका कर्मचारीहरूको करार थप गर्ने समय पुग्दापनि अवधि थप गर्न ढिलाइ गरेको, करार नथप्ने प्रपञ्च गरेको भन्दै बिहीबारदेखि उनीहरूले निगमको कार्यालयमा धर्ना दिँदै कामकाज ठप्प पारेका छन् ।
उनीहरुले जारी गरेको विज्ञप्तिमा मासिक १ सय घण्टाभन्दा बढी उडान गर्न नपाउने व्यवस्था रहे पनि सोभन्दा बढी दिनरात उडान गराएकाले क्याबिन क्रुमा सञ्चित थकान रहेकोले उडान कार्यमा सहभागी हुन नसक्ने ब्यहोरा उल्लेख गरिएको छ ।
केही क्रूको करार नवीकरणको समय आए पनि निगमको व्यवस्थापन पक्षले चलखेल गरेर आफ्नो मान्छे भर्ती गर्न वर्षौंदेखि काम गर्दै आएका ती क्याबिन क्रु को नवीकरण रोक्न चलखेल गरेको उनीहरुको आरोप छ ।
नवीकरण रोक्न खोजेका कारण मानसिक तनावमा रहेका क्याबिन क्रु का कर्मचारी मानसिक रूपमा बिरामी रहेकोले हवाई उडान तथा कार्यकालको काम गर्न नसक्ने अवस्थामा रहेको उनीहरुको भनाइ छ ।






काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१… 



