प्राइम कमर्सियल बैंकले सेयरधनीलाई कति दिँदैछ लाभांश ?

-



     सफल आवाज    
     पौष १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ पुस । प्राइम कमर्सियल बैंकले गएकाे आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकले सेयरधनीहरुलाई गएकाे आर्थिक वर्षको मुनाफाबाट ८.९५% लाभांश दिने घाेषणा गरेकाे हाे । यसमा ४% बोनस सेयर तथा ४.९५% नगद लाभांशसहित ८.९५% लाभांश रहेकाे छ ।

सेयरधनीहरुकाे लागि वितरण गरिने प्रस्तावित लाभांशका बारे नेपाल राष्ट्र बैंकले स्वीकृति र प्राइम कमर्सियल बैंकको साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ । यसअघिकाे वर्ष बैंकले १६% बोनस तथा ०.६३% नगद लाभांशसहित १६.६३% लाभांश वितरण गरेकाे थियो ।