
काठमाडौं, १ पुस । आईपीएस सेवामार्फत गरिएको कारोबार सङ्ख्या १ महिनामा १ लाख ३४ हजार ६९ ले बढेको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको आर्थिक वर्ष २०७९/८० को कात्तिक महिनासम्मको अर्थतन्त्रात्मक वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको छ ।
प्रतिवेदन अनुसार आईपीएसमार्फत् असोज महिनाभरी ९ लाख ६७ हजार ९४४ वटा कारोबार भएकाेमा यो सङ्ख्या कात्तिक मसान्तसम्ममा आइपुग्दा १ लाख ३४ हजार ६९ ले बढेर ११ लाख २ हजार १३ मा पुगेको छ ।
सामान्य हिसाबले हेर्दा कारोबार सङ्ख्या बढ्दा स्वाभाविक रुपमा कारोबार रकममा पनि वृद्धि हुनुपर्ने हो । तर आईपीएसमार्फत् गरिएको कारोबार सङ्ख्या र रकममा उल्टो प्रवृत्ति देखिएको छ ।
असोज मसान्तदेखि कात्तिक मसान्तसम्मको १ महिनाको अवधिमा आईपीएसमार्फत् गरिएको कारोबार रकम ४९ अर्ब ४९ करोड ८० लाख रुपैयाँले घटेको छ । असोज महिनाभरी यस प्रकारको रकम १ खर्ब ७२ अर्ब ३६ करोड ३० लाख रुपैयाँ थियो । तर एक महिनाको अवधिमा यो घटेर १ खर्ब २२ अर्ब ८६ करोड ५० लाख रुपैयाँमा आइपुगेको छ ।






काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१… 



