
पोखरा, १ पाैष। पर्यटकीय नगरी पोखराकाे लेकसाइड स्थित सेन्टरप्वाइन्टमा फ्याट् मङ्की (FAT MONKEY) रेष्टुरेण्ट सञ्चालनमा आएको छ । पोखराका युवा व्यवसायी जीवन भट्टराईले ३ करोड लगानीमा उक्त रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् ।
इट, ड्र्रिङ्क एण्ड भाइब भन्ने नाराका साथ नेपाली, इन्डियन र अन्य देशका खानाहरुलाई याे रेष्टुरेण्टमा विशेष प्रथामिकता दिइएको संचालक भट्टराईले बताएका छन । ४ तले उक्त रेष्टुरेण्ट भवनकाे ३ वटा तलामा रेष्टुरेण्ट सञ्चालन गरिएकाे छ । पहिलो तला भने व्यवसायीक प्रयोजनमा प्रयोग गरिने भट्टराईले बताए ।

फ्याट् मङ्की रेष्टुरेण्टमा करिब १ सय ५० जनाको सिट क्षमता रहेको छ । मङ्कीका विभिन्न अवस्था र आकारका पेन्टिङले रेष्टुरेण्टमा आउने व्यक्तिलाई आक्रर्षण गर्ने उनकाे भनाई छ । ‘जसरी खाने कुरामा मङकी स्वतन्त्र हुन्छ, ‘त्यसै गरी फ्याट् मङकी रेष्टुरेण्टमा पनि ग्राहकहरु स्वतन्त्रतापुर्वकअडर्र गरेर खान सक्छन् उनले भने ।’


मङकीले जसरी भेराइटीहरु खान्छ त्यसै गरी याे रेष्टुरेण्टमा खानाका भेराइटीहरु खान सकिन्छ भन्ने सन्देश दिन फ्याट् मङकी नाम राखिएकाे समेत उनले बताए । विश्वकप फुटबललाई लक्षित गरेर रेष्टुरेण्टले ग्राहकलाइ फुटबल हेर्ने सुविधा समेत प्रदान गरेको छ ।
त्यसैगरी रेष्टुरेण्टमा प्रत्येक शुक्रबार र शनिबार लाइभ म्युजिकमा रम्न सकिनेछ । करिब ३ करोडको लागतमा निर्माण भएको रेष्टुरण्ट कोभिडका कारण केही ढिलो भएकाे र लागत समेत बढेको बताइएकाे छ ।
युवा व्यवसायी जीवन भट्टराईले यसअघि पोखराको लेकसाइड र काठमाडौंमा नेपाली ब्राण्ड अर्वानयतीकाे शाेरूम र स्मोकिङ याक स्टेक हाउस सञ्चालन गर्दै आएका छन् । त्यसैगरी पोखरामा फ्लाइ मङ्की प्याराग्लाइडिङ समेत सञ्चालन गरिरहेका छन् ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



