
पोखरा, २ पाैष । नेपाल लिटरचेर फेस्टिभलकाे दसौं संस्करण यही पाैष ६ गतेदेखि ११ गतेसम्म लेकसाइडकाे फेवाताल किनार बाराहीघाटमा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनद्वारा शनिबार पाेखरामा आयोजित पत्रकार सम्मेलनमा देशविदेशका २ सय भन्दा बढि साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवं विशिष्ट व्यक्तित्वहरू सहभागी हुने जानकारी दिइएकाे थियाे ।
आयोजक बुकवर्म फाउन्डेसनका अनुसार गण्डकी प्रज्ञा प्रतिष्ठान सहआयोजक रहेको यो फेस्टिभलको प्रवर्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्था पोखरा प्रज्ञा प्रतिष्ठान रहेकाे छ ।
फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलंका का लेखक सेहान करुणातिलक, लेखक एवं पत्रकार अक्षय मुकुल, न्युयोर्क विश्वविद्यालयका सहप्राध्यापक एवं भारतीयमूलका लेखक सुकेतु मेहता लगायत ७ जना विदेशी लेखक आउनेछन । २०११ मा काठमाडौंबाट सुरु भएको फेस्टिभल कोभिडका कारण गतबर्ष आयोजना हुन सकेको थिएन । सन् २०१६ देखि याे फेस्टिभल पोखरामा हुँदै आएको छ ।

फेस्टिभलका निर्देशक नीरज भारीका अनुसार फेस्टिभलमा हरेक दिन सांगीतिक प्रस्तुति रहनेछ । फेस्टिभल अवधिमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा लगायत वक्ता हुनेछन् ।
फेस्टिभलको पहिलाे दिन कवि नवराज पराजुली र उज्जवल सागरको प्रस्तुति रहनेछ । फेस्टिभलमा संगीतकार गोपाल योञ्जनको सम्झनामा गोपाल सांगीतिक प्रस्तुति हुनेछ । फेस्टिभल निर्देशक नीरज भारीले अन्तर्राष्ट्रिय लेखक, कलाकार, बुद्धिजीवी र राजनीतिज्ञहरूबीच फेस्टिभललाई एक तटस्थ मञ्च बनाइएको बताए ।

उनले कला, साहित्यको प्रवद्र्धनमात्र नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिने विश्वास व्यक्त गरे । भारीले भने, ‘विचार विमर्शले देशका उच्च पदस्थ व्यक्ति एवं सरोकारवालालाई जवाफदेही बनाउन सघाउँछ र सचेत समाज निर्माण पनि भूमिका निर्वाह गर्नेछ ।’
६ दिनसम्म चल्ने फेस्टिभलमा ‘शब्द शक्ति उत्सवको एक दशक’ नारा सहित अर्थशास्त्री एवं काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेको विद्वत् प्रवचन दिनेछन् । पत्रकार सम्मेलनमा फेस्टिभेलका सदस्य भरत कोइरालाले पोखरा र नेपाल लिटरेचर फेस्टिभल पर्याय बनिसकेको बताए । ‘यो फेस्टिभललाई पोखरावासीहरूले उत्सवपूर्वक प्रतीक्षा गरिहेका छन् । यसले हामीहरुलाई उत्साहित बनाएको छ,’ कोइरालाले भने ।
फेस्टिभलले पोखरालाई सभ्य एवं सुसंस्कृत सहर बनाउन मद्दत गर्ने फेस्टिभलका सदस्य केशवशरण लामिछानेले बताए । फेस्टिभलकी सहनिर्देशक सुजाता खत्रीले देशविदेशबाट आउने पाहुनालाई सुन्दर नगरी पोखरामा स्वागत गर्न आतुर रहेको सुनाइन् । पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले पोखराले फेस्टिभलको अपनत्व ग्रहण गर्दै गएको बताइन् । पत्रकार विकास रोकाले कोभिडका कारण अघिल्लो वर्ष रोकिएको फेस्टिभललाई पोखरेलीहरुको साथ र सहयोग लिएर फेरि निरन्तरता दिइएको बताए ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



