
काठमाडौं, ३ पुस । मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने बोनस सेयर घोषणा गरेको हो ।
बैंकले आफ्नो हाल कायम चुक्ता पुँजीको १३.५० प्रतिशत बोनस सेयर प्रदान गर्ने भएको हो । यसबाहेक बैंकले त्यसैको कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको हो ।
बैंकको गत पुस १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरको लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण गरिनेबैंकले जनाएको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



