
काठमाडौं, ५ पुस । नेपाल विद्युत प्राधिकरणले आगामी पुस ११ गतेदेखि आफ्ना पोलमा राखिएका दूरसञ्चार, केबल टी।भी। तथा इन्टरनेट सेवा प्रदायकहरूका तार काटिदिने भएको छ । प्राधिकरणले एउटा सूचना जारी गरी पुस ११ बाट आफ्ना पोलमा रहेका दूरसञ्चार, केबल टी।भी। तथा इन्टरनेट सेवा प्रदायकहरूले राखेका केबल तथा उपकरणहरू हटाइदिने बताएको हो ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले यसअघि नै ४५ दिने सूचना जारी गरेर व्यवस्थापन गर्न आग्रह गरे पनि केबल टेलिभिजन, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरुले हालसम्म व्यवस्थापन नगरेकाले चरणबद्धरुपमा तारहरु काटिदिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सेवा प्रदायक संस्थाहरूबाट सूचना बमोजिमको व्यवस्थापन कार्य नभएको भन्दै पहिलो चरणमा त्रिपुरेश्वर-सुन्धारा-रत्नपार्क-केशरमहल-लैनचौर-लाजिम्पाट-नारायणगोपाल चोक- बूढानीलकण्ठ खण्डको अव्यवस्थित केबल लगायतका उपकरणहरू हटाउने भएको हो।
विद्युत प्राधिकरणले यसबाट हुन सक्ने नोक्सानीका लागि संस्था जिम्मेवार नहुने भन्दै टेलिफोन, इन्टरनेट, केबल टी.भी. उपभोक्ताहरूलाई पर्नसक्ने असुविधाप्रति विद्युत प्राधिकरण अग्रिम क्षमा पनि मागेको छ ।
प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ‘हालसम्म सेवा प्रदायक संस्थाहरूबाट सूचना बमोजिमको व्यवस्थापन कार्य नभएको हुँदा पहिलो चरणमा त्रिपुरेश्वर- सुन्धारा- रत्नपार्क- केशरमहल-लैनचौर- लाजिम्पाट – नारायणगोपाल चोक- बूढानीलकण्ठ खण्डको अव्यवस्थित केबल लगायतका उपकरणहरू ने. वि. प्रा. ऐन, २०४९ को दफा १९ (ख) २१९ (छ) बमोजिम ने. वि. प्रा. आफैँले मिति २०७२/०९/११ देखि इटाउन लागेकोले सम्बन्धित सम्पूर्ण सेवा प्रदायक संस्थाहरूलाई जानकारी गराइन्छ । साथै यसबाट हुन सक्ने नोक्सानीका लागि ने. वि. प्रा. जिम्मेवार नहुने समेत सूचित गरिन्छ। टेलिफोन, इन्टरनेट, केबल टी.भी. उपभोक्ताहरूलाई पर्नसक्ने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण क्षमाप्रार्थी छ ।’






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



