
काठमाडौं, पुस ६ । नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ आयोजना हुने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजना र संघीय सरकारका विभिन्न मन्त्रालयहरुको साझेदारीमा यो सम्मेलन आयोजना हुने भएको हो ।
‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित सातै प्रदेशमा बृहत नीति संवाद तथा प्रदर्शनी र संघीयस्तरमा अन्तराष्ट्र्रिय ढाँचामा आयोजना हुने शिखर सम्मेलनमा आर्थिक एवं बैंकिङ क्षेत्रमाथि केन्द्रित बृहत् नीति संवाद आउँदो माघ मसान्तभित्र र संघीयस्तरको शिखर सम्मेलन फागुन मसान्तभित्र सम्पन्न गर्नेगरी सिबिफिन र एनबिआईबीच सम्झौता सम्पन्न भएको छ ।
सिबिफिनको कार्यालय सुन्धारामा आयोजित हस्ताक्षर कार्यक्रममा सिबिफिनका तर्फबाट वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाह र एनबिआईका तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरे ।
शिखर सम्मेलनले ठूला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी–व्यवसायीले भौग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरु समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवर्द्धन गर्ने र त्यसका लागि साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पुर्याउने उद्देश्य राखेको सिबिफनका महानिर्देशक डा गोपालप्रसाद तिवारीले जानकारी दिए ।
उनका अनुसार यो शिखर सम्मेलनबाट स्वदेशी उत्पादन वृद्धि, उपभोग तथा निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने, रोजगारीका अवसरहरुको सृजना हुने, लगानीका सम्भावित क्षेत्रहरुको पहिचानसहित लगानी विस्तार हुने, युवा तथा महिलाहरु उद्यम-व्यवसायमा आकर्षित हुने अपेक्षा गरिएको छ ।
यसबाहेक घरेलु, साना, मझौला उद्योगहरुको स्तरोन्नतिसहित नवप्रर्वतन क्षेत्रमा लगानी बढ्ने, बैंक तथा वित्तीय क्षेत्रको दिगो प्रवद्र्धन हुने तीन तहकै सरकार, निजी क्षेत्र र कुटनीतिक नियोगविच सम्बन्ध विस्तार भइ उच्चस्तरको नेटवर्किङ् हुने अपेक्षा समेत राखिएको बताइएको छ ।
प्रदेशस्तरीय बृहत नीति संवाद तथा प्रदर्शनी कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ अधिकारी, प्रमुख राजनीतिक दलका नेतृत्वगण, व्यवसायिक संस्थाका नेतृत्वगण, सम्पूर्ण पालिकाका प्रमुख-उपप्रमुख र विश्वविद्यालयका विद्यार्थीहरुको व्यापक सहभागिता गराइ वृहत बहसको कार्यक्रम गरिनेछ ।
यसका साथै स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै नेपाली उत्पादनको उपभोग र निर्यात प्रवर्द्धन गर्न सघाउ पुग्नेगरी प्रदर्शनी आयोजना हुनेछ । समापन सत्रकोरुपमा संघीयस्तरमा आयोजना हुने शिखर सम्मेलनमा नेपाल सरकार र मातहतका निकायका उच्च अधिकारी, वरिष्ठ राजनीतिज्ञ, विज्ञ, र कुटनितिक नियोग तथा अन्तराष्ट्रिय दातृ संस्थाका उच्च अधिकारीहरुको व्यापक सहभागितामा बहत् नीति संवाद आयोजना गरिने छ ।

त्यसैगरी शिखर सम्मेलनकै अवसरमा देशभरका पत्रकारलाई लक्षित गरीे “आर्थिक एवं बैंकिङ क्षेत्रका चुनौती र समृद्धिको मार्गचित्र” विषयक राष्ट्रियस्तरको लेख लेखन प्रतियोगिता संचालन गरी उत्कृष्ट २५ वटा लेखहरुलाई र्याङ्किङ्गका आधारमा नगद पुरस्कार र प्रसंशा पत्रबाट पुरस्कृत गरिने । यसबाहेक सफल उद्यमी-व्यवसायी, करदाता र बैंक तथा वित्तीय संस्थाहरुलाई समेत अर्वाडमार्फत सम्मान गरिने कार्यक्रम रहेको महानिर्देशक डा तिवारीले बताए ।
उनका अनुसार नीति संवाद तथा शिखर सम्मेलन समापन भएको ४५ दिनभित्रै नीति संवाद कार्यक्रमहरुबाट प्राप्त निष्कर्षहरुको संश्लेषण-विश्लेषण गरी कोभिड १९ पछिको आर्थिक एवं बैंकिङ क्षेत्रका प्रमुख चुनौती, अवसर र भावी रोडम्यापबारे भिजन डकुमेन्ट तयार गरी समाधानका लागि नेपाल सरकार र मातहतका निकायहरुसमक्ष पेश गरी कार्यान्वयनका लागि संयुक्त पहल गरिने छ ।
साथै सम्मेलनको चुस्त व्यवस्थापन गरी सफलतापूर्वक सम्पन्न गर्न विषयविज्ञसहित दुवै पक्षका उच्च नेतृत्व रहने गरी सम्मेलन सल्लाहकार समिति र सम्मेलन मूल आयोजक समिति गठन गरिने छ ।
शिखर सम्मेलन आयोजनासम्वन्धी हस्ताक्षर समारोहमा सिबिफिनका उपाध्यक्ष राजेश उपाध्याय, महासचिव केशवबहादुर रायमाझी, महानिर्देशक डा. गोपालप्रसाद तिवारी र एनबिआईकातर्फबाट सल्लाहकारद्रय विनोद गुरागाइ र नरेशप्रसाद श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



