
पोखरा, ७ पुस । बुधबार साँझको ६ नबज्दै लेकसाइडस्थित होटल ग्लेसियरको परिसरमा मानिसहरुको उपस्थिति बाक्लिँदै गएकाे थियो ।
आज बिहीबारदेखि पोखरामा आयोजना हुने १०औ संस्करणको नेपाल लिटरेचर फेस्टिभल २०२२ को पूर्व सन्ध्यामा आयोजित शुभारम्भ साँझमा उनीहरु गायक उज्वल सागरका गीत र कवि नवराज पराजुलीका कविता सुन्न व्यग्र प्रतिक्षामा थिए ।
फेस्टिभलका सदस्य केशवशरण लामिछानेले गायक उज्वल सागरलाई गीत प्रस्तुतिका लागि स्टेजमा निम्त्याए । तिमि खुसी त छौ नि सुनन, गीतबाट शुभारम्भ साँझको सुरुवात गरेका उनले गायक नविन के भट्टराईको अली अली कति पीडा हुँदा नि, पोखराको चर्चित कन्दरा व्याण्डको तगारोमा रुमाल राखी, इन्द्रजित मिजारको स्वरमा रहेको टुङ्नाको धुनमा लगायत आधा दर्जन गीत प्रस्तुत गरे ।
गायक उज्वल सागरपछि स्टेजमा उक्लिएका कवि पराजुलीले भिडतिर हेर्दै भने ‘सिंगल हुनेहरुले हात उठाउनुस्’ । त्यसपछि सिंगल हुनेहरुका लागि भन्दै कविता वाचन गर्न थाले । जो मान्छे तिमि बाहेक अन्त सुरक्षित छैन्, जो मान्छे बाहेक तिम्रो अन्त्य सुरक्षित छैन्…..।
लेकसाइडस्थ्ति बाराहीघाटमा आज बिहीबार १ बजे कार्यक्रमको उद्घाटन गरिने छ । कार्यक्रममा म्युजिक सेसन अन्तर्गत गोपाल योञ्जनका गीतहरुको सांगीतिक प्रस्तुति गोपालय हुने छ ।
काठमाडौं विश्वविद्यालयका राजिष्ट्रार डा. अच्युत वाग्लेले विद्धत्प्रवचन दिने छन् । पुस ११ गते सम्म चल्ने फेस्टिभलमा विभिन्न सेसनमा छलफल हुने भएका छन्।









काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



